काठमाडौं - बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सेयर निष्कासनका आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको होे ।
उक्त सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
बरुण हाइड्रोपावर कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।
हकप्रद निष्कासनको निवेदनमा बोर्डले प्रतिकृया दिँदै २०७६ जेठ ७ गते हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगसँग हकप्रद निष्काशनका लागि पूर्व स्विकृत लिई स्वीकृती पत्रसहितको कागजात पेश गर्न भनेको थियो ।
त्यसपछि कम्पनीले विद्युत नियमन आयोगमा पूर्व स्विकृतीका लागि निवेदन दियो । त्यसबेला विद्युत नियमन आयोगले बरुणलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृती नदिई निवेदन खारेज गरिदिएको थियो ।
यसरी रोकिएको बरुणको हकप्रद निष्कासनको प्रक्रिया फेरि पुनः सुचारु भएको हो ।
प्रतिक्रिया