बार्सिलोनाबाट बिदा लिदै मेस्सीले भने : 'कुनै दिन फेरि फर्कनेछु र फरक भूमिकामा हुनेछुु'

४ बर्ष अगाडि

एजेन्सी - लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भएर विदा लिएका हुन् ।

यस क्रममा उनी आफूलाई रोक्न असफ हुँदै आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ 

साथै उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।

मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्षणलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएका पनि बताए । उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरेका छन् ।

यस्तै, उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा बार्सिलोनाले ३५ उपाधि जित्यो । जसमा चार च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब वर्ल्डकप छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया