काठमाडौं, हास्य कलाकार जितु नेपालले नयाँ फिल्म साइन गरेका छन् । ‘ड्रिम्स’ फिल्मका निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । नाम गोप्य राखिएको फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिनेछ । साम्राज्ञीले यसै हप्ता फिल्म साइन गरेकी हुन् ।
आउँदो भदौ १५ गतेबाट छायांकन सुरु हुने फिल्म कमेडी र लभस्टोरी जनरामा निर्माण हुने बताइएको छ ।
निषेधाज्ञाभन्दा अगाडि फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकेकी साम्राज्ञीले लकडाउनअघि निर्देशक द्वय मिलन चाम्स र प्रवेश पौडेलको फिल्म साइन गरेकी थिइन् । उनको पाइपलाइनमा निर्देशक हेमराज विसीको फिल्म पनि छ । तर, उनले यी फिल्मभन्दा अगाडि कपिल रिजालको फिल्ममा काम गर्ने भएकी छन् । यो फिल्मका लागि उनले माटो पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।
प्रतिक्रिया