लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा : सर्वाधिक कारोबार हुने १० कम्पनीमा साबै हाइड्रोपावर !

४ बर्ष अगाडि

काठमाडौं - आज (आइतबार) सेयर बजारमा सर्वाधिक कारोबार हुने १० वटा कम्पनीहरूमध्ये १० वटै हाइड्रोपावरहरू रहेका छन् । 

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण निरन्तर बढिरहेको छ । आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

धेरै कारोबार हुने दोश्रो कम्पनीमा अरूण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ६० करोड ५० लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक कारोबार हुने कम्पनीहरूको तेश्रो नम्बरमा युनिभर्सल पावर कम्पनी रहेको छ । कम्पनीको ५४ करोड ४४ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरूमा ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत, अरूण काबेली, सानिमा माइ हाइड्रोपावर, अपर तामाकोशी र सिनर्जी पावर रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया