सूचना तथा प्रविधि क्षेत्रमा ३ अर्ब बराबरको लगानी प्रतिवद्धता, ५७० लाई रोजगारी

४ बर्ष अगाडि

काठमाडौं - सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३ अर्ब रुपैया बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । 

वैदेशिक लगानी भित्र्याउने निकाय उद्योग विभागको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार वैदेशिक लगानीको प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस क्षेत्रमा आउने विदेशी लगानीको प्रतिवद्धता ५८ प्रतिशतले कमी आएको हो । 

गत आर्थिक वर्ष १५ वटा परियोजनामा २ अर्ब ९५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको हो । उक्त परियोजनामा ५७० जनाले रोजगारी पाउने पनि उल्लेख गरिएको छ । 

अघिल्लोे वर्ष ७ अर्ब ८ करोड १२ लाख ३० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । उक्त वर्ष ३७ वटा परियोजनामा उक्त लगानी गर्दै २ हजार ८ सय ८ जनालाई रोजगारी दिने प्रतिवद्धता छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया