हकप्रद सेयर निष्कासनका लागि राधी विद्युत कम्पनीद्धारा  बिक्री प्रबन्धक नियुक्त, कोे ?

४ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

असार २९ गते सम्पन्न भएको कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले सेयरधनीहरूलाई ३६.५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात् १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया