काठमाडौं, साताको पहिलो दिन(आइतबार) नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ०.६६ अंक बढेर ३१०८.१२ विन्दुमा पुगेको छ।
आज २२७ कम्पनीको १ लाख २६ हजार ९४२ पटकको कारोबारमा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यो दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, यूनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन कारोबारमा आएको एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन ग्रामीण विकास लघुवित्तको शेयरमूल्य ४.०८ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको परिसूचक नकारात्मक रहेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत बढेको छ भने विकास बैंकको १.३२ प्रतिशत बढेको छ। यता, होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको ६० करोड ५० लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया