काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आउँदा चन्द्रागिरी हिल्सको शेयरमुल्य फेरी १५ सयमा झरेको छ ।
आज कम्पनीको शेयरमुल्य ११ अंकले घटेर प्रतिकित्ता मुल्य १ हजार ५६५ रुपैंया पुगेको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ५९५ रुपैंयाबाट सुरु भएको थियो ।
यस्तै, कम्पनीको आज ८ हजार ८३६ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ १ करोड ३९ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया