सर्वाधिक महंगी अभिनेत्रीमध्ये एक दीपिका, फिल्म ‘बैजू बावरा’ कति मागिन् पारिश्रमिक ?

४ बर्ष अगाडि

काठमाडौं,  बलिउडका सफल निर्देशक मानिने सञ्जय लीला भन्सालीको फिल्म ‘बैजू बावरा’ यतिबेला चर्चामा छ । उनले अभिनेता रणवीर सिंहलाई यस फिल्मका लागि फाइनल गरेका छन् । उनको अपोजिटमा भन्सालीले अभिनेत्री दीपिका पादूकोणको नाम विचार गरेका छन् । केही चरण उनीहरुबीच छलफल भइसकेको छ ।
 
दीपिकाले रणवीर बराबर पारिश्रमिक डिमान्ड गरेपछि भन्सालीले कुनै निर्णय लिन सकेका छैनन् । उनले रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर ‘राम लीला, बाजीराव मस्तानी र पद्मावत’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । अब उनी यो जोडीसँँग चौथौं पटक सहकार्यको प्रयासमा छन् । तर, दीपिका श्रीमान् रणवीरभन्दा कम पारिश्रमिक लिएर फिल्ममा काम गर्न तयार छैनन् ।
 
भन्सालीको फिल्ममा अभिनय गरेरै आफ्नो स्टारडम मजबूत बनाएकी दीपिका अहिलेकी सर्वाधिक महंगी अभिनेत्रीमध्ये एक हुन् । बेला बखतमा उनले फिल्ममा बुझेको पारिश्रमिकको निकै चर्चा हुने गर्छ । उनले साउथ सुपरस्टार प्रभाससँग फिल्म ‘आदिपुरुष’ मा काम गर्न २० करोड पारिश्रमिक बुझेको चर्चा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया