काठमाडौं, साताको पहिलो दिन आइतवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा पाँच कम्पनीको शेयरमूल्यमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२४ ओटा कम्पनीमध्ये अपि पावर कम्पनी, यूनियन लाइफ इन्स्योरेन्स,जीवन विकास लघुवित्त वित्तीय संस्था, एनआइबिएल प्रगति फण्ड र सानिमा लार्ज क्याप फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच कम्पनीमध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको ७ लाख १६ हजार ६४९ कित्ता शेयर खरीद माग रहेको छ ।
त्यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६ लाख ८६ हजार ३८२ कित्ता, जीवन विकास लघुवित्तको ५ लाख १६ हजार १७ कित्ता,एनआइबिएल प्रगति फण्डको ३ लाख ९६ हजार ४०४ इकाई र सानिमा लार्ज क्याप फण्डको ३ लाख ७९ हजार ४६० इकाई खरीद माग रहेको छ ।
प्रतिक्रिया