काठमाडौं - अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका-२०२१ को विजेता गरिमा ज्ञवाली बन्न सफल भएकी छिन् ।
न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज लगाएकी हुन् ।यसैगरी फर्स्ट रनरअप याङ्गछेन लामा तथा तथा सेकेन्ड रनरअप सुभेच्छा निरौला बने ।
अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिबारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।
१८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइड स्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो ।
पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्चात् दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ,मनिता देवकोटा,मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया