काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १२.२१ अंकले उकालो लागेर ३११९.६८ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा कम्पनीको ६२ हजार ९९८ पटकको कारोबारमा १ करोड ३३ लाख ४२ हजार ८१५ कित्ता शेयरको रू ७ अर्ब २४ करोड १९ बराबरको कारोबार भएको छ ।
आज २२३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८८ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया