काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्सेमा पाँच कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबार सुरु भएको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी तीन कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
अपि पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । अपि पावरको शेयरमुल्य प्रतिकित्ता रु. ६०७ र जीवन विकास लघुवित्तको शेयरमुल्य रु. १ हजार ६५६ पुगेको छ ।
यस्तै,युनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने नेपाल फाइनान्सको शेयरमुल्य ९.९२ प्रतिशतले बढेको हो ।
युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य प्रतिकित्ता रु.५३०, ङादी ग्रुप पावरको रु.१ हजार ६५ र नेपाल फाइनान्सको रु.७९२ पुगेको छ ।
प्रतिक्रिया