नबिल बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध

४ बर्ष अगाडि

काठमाडौं, नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ ।

बैंकको २०७२ साल पुस १३ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७१र७२ को नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।

आर्थिक वर्ष २०७१र७२ को नगद लाभांश हाल सम्म पनि कतिपय लगानीकर्ताले नबुझेका कारणले शेयरधीहरुलाई बैंकले यस्तो आग्रह गरेको हो ।

कम्पनीले एक महीनाभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ नेपाल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया