कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि लाठी चार्ज

४ बर्ष अगाडि

काठमाडौं, ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ ।  

मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । 

महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । 

उनीहरुले गत १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया