काठमाडौं - ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी एक वर्षको अवधिमा १ अर्ब १६ करोड ३५ लाख १४ हजार ९ सय रुपैयाँ राजस्व उठाएको छ ।
प्रहरीले गत आर्थिक वर्ष २०७७÷७८ मा सो राजस्व उठाएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ सवारी कारबाहीबाट ८८ करोड ९५ लाख ६९ हजार ८ सय रुपैयाँ राजस्व उठेको प्रहरीले जानकारी दिएको छ ।
साथै तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा भएका २० हजार ६३४ सवारी दुर्घटनामा २ हजार ५१३ जनाको मृृत्यु भएकोे छ । आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा २ हजार २५१ र २०७५/७६ मा २ हजार ७८९ जनाको मृत्युु भएकोे छ । गत आर्थिक वर्ष दुर्घटनामा ६ हजार ४५३ जना घाइते भएका छन् ।
प्रतिक्रिया