काठमाडौं, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मका लागि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेको हो । उक्त अनुपातमा कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू.११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया