काठमाडौं, कुमारी क्यापिटल मार्फत सञ्चालित कुमारी इक्विटी फण्डको ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लाभांश वितरण प्रयोजनको लागि फण्डले साउन २५ गते सोमबार बुक क्लोज गर्ने भएको छ।
त्यसैले, आजसम्म कायम इकाईधनीले मात्र फण्डले वितरण गर्न लागेको उक्त लाभांश प्राप्त गर्ने सक्नेछन्। फण्डले इकाईधनीलाई करसहित ५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ। गत बिहीबार फण्डको दास्रो बजारमा प्रतिइकाई १० रुपैयाँ ७१ पैसामा कारोबार भएर बन्द भएको छ।
प्रतिक्रिया