गत साता अलटाइम हाइ रेकर्ड ब्रेक गरेको नेप्से यस साता के होला ?

४ बर्ष अगाडि

काठमाडौं, गत साता नेप्सेले नयाँ रेकर्ड बनाएको थियो। गत साताको बुधबार नेप्से परिसूचक ३१२३.१५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ क्लोजिङ्ग विन्दुको रेकर्ड बनाएको थियो।

साताको अन्तिम कारोबार दिन भने नेप्सेमा १६ अंकको करेक्सन भएर ३१०७.४५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता यस साता नेप्से परिसूचक उकालो लागेमा ३३०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २९०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमएबीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेमा दैनिक औषतमा १२ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।


गत साता विकास बैंक उपसमूहको परिसूचक २.६६ प्रतिशत बढेको छ। अघिल्लो साता ४८९१.३१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता १३०.०१ अंक बढेर ५०२१।३२ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता विकास बैंक उपसमूहको परिसूचक उकालो लागेमा ५४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस उपसमूहको परिसूचक ओरालो लागेमा ४६०० विन्दुमा टेवा पाउने देखिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया