रु रु जलबिद्युतको वित्तीय विवरण सार्वजनिक, खुद नाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं - रु रु जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा २४.११ प्रतिशतले बढेर ७ करोड २१ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि सामान्य अंकको बृद्धि आएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २ प्रतिशतले बढेर १४ करोड ९६ लाख २६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १४ करोड ६६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० १७ रुपैयाँ ७१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५१.१७ गुणा रहेको छ ।

हाल चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ३६ लाख ३३ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ११७.४८ प्रतिशतले बृद्धि भएको हो ।  

४ बर्ष अगाडि

प्रतिक्रिया