घुस प्रस्ताव गर्नेको नेकपा बैठकमा पर्दाफास

७ बर्ष अगाडि

काठमाडौं– नेकपाको जारी स्थायी कमिटी बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रहार गर्नुका साथै सरकारको कामकारवाहीको समेत चर्को आलोचना गरेका छन् । 

स्थायी कमिटी सदस्यहरुले सरकारले गरेको नियुक्तिदेखि भर्खरै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकारको संलग्नताजस्ता विषयमा पनि गम्भीर प्रश्न उठाएका छन् ।

स्थायी कमिटी सदस्य लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दीगम्बर झालाई गरिएको नियुक्तिबारे प्रश्न उठाएका छन् । झा भ्रष्ट छविको व्यक्ति भएको दाबी गर्दै उनले किन र कुन आधारमा उनलाई नियुक्ति गरिएको हो भन्दै नेतृत्वसँग जवाफ माग गरे । 

‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा झाले नियुक्तिका लागि घुसको प्रस्ताव गरेका थिए । त्यसैबेला झा ठीक छैनन् भन्ने बुझेर मैले मतलब नै गरिनँ, उनको प्रस्ताव ठाडै अस्वीकार गरे । यो कुरा त्यसवेला मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ । तर त्यही व्यक्तिलाई योे सरकारले किन नियुक्ति दियो ? यसमा पुर्नविचार गरियोस्’ उनको भनाई थियो ।

बैठकमा नेता भट्टले अध्यक्षद्धय प्रचण्ड र ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन नेतृत्वको उचाई अनुसारको नभएको भन्दै सच्याउनुपर्ने  सुझाव दिए । 

प्रतिवेदनबारे टिप्पणी गर्दै उनले ‘समाजवादतिर जाने बेलामा जनताको जनवादतिर किन फर्किएको ?’ भन्दै आक्रोश यक्त गरे ।

‘मुलुकमा भ्रष्टाचार विकराल समस्याका रुपमा अगाडि आएको छ । यसको  नियन्त्रणमा पार्टी र सरकारले बेलैमा गम्भिर बन्नुपर्छ’ नेता भट्टको जोड छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया