एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । २०७७ सालको एसईई परीक्षाको नतिजा आज शनिवार प्रकाशित भएको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक भएको हो । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
१२ तरिकाबाट परीक्षाफल हेर्न सकिने छ । बोर्डका अनुसार http://www.see.gov.np , http://www.neb.gov.np , www.theconnectplus.com , http://www.see.edusanjal.com , http://www.see.ntc.net.np र www.ekantipur.com, www.ricell.axiata.com को वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
त्यस्तै इजी सर्भिस प्रालि, आकाश टेक प्रालि, जानकी टेक्नोलोजी, नेपाल टेलिकम र एनसेलले एसएमएस सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिने छ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने,अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने बताएका छन् ।
यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।
तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।
प्रतिक्रिया