लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - लागूऔषध खैरो हिरोइनसहित काठमाडौंबाट दुई जनालाई पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया