एजेन्सी - टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्णका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन् ।
ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५;१५ मा सुरु हुनेछ । मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो ।
त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्यो । ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा हुनेछ ।
१९७० मा स्पेनले पोल्यान्डलाई हराउँदै स्वर्ण जितेको थियो । ब्राजिलले भने २०१६ मा घरमै आयोजनाका भएको अघिल्लो संस्करणमा जर्मनीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । ओलम्पिकमा दुवै टिम उत्कृष्ट लयमा रहेका छन् ।
प्रतिक्रिया