सिटीले मेस्सीलाई नभित्र्याउने, भित्र्याउने होडमा चेल्सी

४ बर्ष अगाडि

एजेन्सी - बार्सिलोनाले बिहीबार लियोनल मेस्सीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेपछि ‘फ्री एजेन्ट‘बनेका मेस्सीलाई विभिन्न क्लबले भित्र्याउन चाहेको समचारहरु बाहिरिएको छ । यसै बिच म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सीलाई क्लबमा भित्र्याउने कुनै योजना नभएको बताएका छन् । 

ग्वार्डिओला भन्छन्, ‘तत्कालको अवस्थामा सिटीको ट्रान्सफर योजनामा मेस्सी विल्कुल छैनन् ।’ बार्सिलोना बिहीबार अप्रत्यासित रुपमा मेस्सी क्लबमा नरहने घोषणा गरेको थियो । 

ग्वार्डिओलाले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए । त्यसकारण पनि मेस्सी सिटीमा जाने चर्चा गरिएको थियो । तर ग्वार्डिओलाले मेस्सीसँग कुरा नभएको प्रष्ट पारेका हुन् ।

मेस्सीलाई भित्र्याउने होडमा इंग्लिस क्लब चेल्सी पनि अघि बढेको छ । फ्रेन्च लिग वान क्लब पीएसजी मेस्सीसँगको सम्झैता नजिक पुगेको समाचार आइरहँदा चेल्सीका मालिक रोमन अब्राहिमोभिचले पनि ३४ वर्षे मेस्सीलाई भित्र्याउन चासो देखाएका छन् ।

चेल्सी पछिल्लो समय रोमेलु लुकाकुलाई भित्र्याउन लागिपरेको थियो । लुकाकुका लागि चेल्सी ११ करोड पाउन्ड तिर्न तयार रहेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया