हाँस्यकलाकार आशिषको गाईजात्रा ‘बालकोटको बार्दली’ सार्वजनिक

४ बर्ष अगाडि

गाईजात्रा भन्ने वित्तिकै नेवार समुदायले वर्षदिन भित्र दिवंगत पित्रृहरुको सम्मान तथा मुक्तिका लागि मनाइने लौकिक विधान लाई मानिन्छ ।जनै पूर्णिमाको भोलि पल्ट अर्थात भाद्र कृष्ण पक्ष प्रतिपदा देखि अष्टमी सम्म यो पर्व मनाउने गरिन्छ ।  नेपालि हाँस्यव्यङ्ग्य क्षेत्रका विभिन्न कलाकारहरुले विगत लामो समय देखि वेथिति विसंगतिका विरुद्द व्यङ्ग्यात्मक तरिका प्रस्तुति दिने वार्षिक पर्वका रुपमा पनि यस पर्वलाई लिइन्छ ।  पहिले पहिले विभिन्न मन्चतिर देखाईने गाइजात्रा हिजोआज कोभिड १९ को कारण युट्युव र टेलिभिजन बाट धमाधम सार्वजनिक हुन थालेको छ । 

यस्तै नवउदित हाँस्यकलाकार आशिष शाह ठकुरिले पनि यो वर्ष युट्युव मार्फत बालकोटको वार्दलि गाईजात्रा २०७८  नामक गाइजात्रा सार्वजनिक गरेका छन । यस गाईजात्रामा देशमा गत वर्ष घटेका राजनैतिक, सामाजिक साथै मनोरन्जनको क्षेत्रमा घटेको घटनाहरुलाई जस्ताको तस्तै व्यङ्ग्य गरिएको कलाकार ठकुरिले जानकारि दिए । गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगतिलाई हटाउनका लागि व्यङ्ग्य गरिनुनै हो । उनले थप्दै भने वर्तमान नेपालि परिप्रेक्षमा रहेर यसपालिको गाईजात्रा तयार पारिएको छ । 

रेडियो कान्तिपुर मा हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम गज्जब छ बा, कान्तिपुर टेलिभिजन बाट प्रशारित हाँस्यटेलिफ्ल्मि ट्वाक्क टुक्क रिर्टनस लगायत थुप्रै युट्युव र स्टेजमा समेत आफ्नो प्र्रस्तुति दिएका कलाकार आशिष विगत ३ वर्ष देखि रोजगारिको शिलशिलामा दक्षिण कोरियाका कार्यरत छन । उनको हाँस्यव्यङ्ग्य क्षेत्रकै पहिलो गाइजात्रा यस वर्षभने हाम्रो प्रतिभा चौतारि नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । यसको छायांकन अर्जुन पौडेलले गरेको हुन भने सम्पादन प्रविण श्रेष्ठले गरेका हुन ।  करिव १३ मिनेटको भिडियोमा व्यङ्ग्यात्मक प्रस्तुति भने सुरुदेखि अन्तिम सम्म नै महसुश गर्न सकिन्छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया