९ घण्टा पछि नियन्त्रणमा आयो बालाजुको आगालागी

४ बर्ष अगाडि

बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भएको भीषण आगालागी नियन्त्रणमा आएको छ  । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा लागेको आगो झण्डै ९ घण्टामा नियन्त्रणमा आएको हो ।

आगलागी  राति दुई बजेदेखि सुरु भएको थियो । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका थिए  ।

उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।

सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको हो । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो । 

नेबिको प्रालीका ब्राण्ड मेनेजर अरुण पौडेलले केकति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको बताए । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो । 

 तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि केकति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो । 
    
नेबिको प्रालीले वार्षिक रु एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो । सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिजलगायतका सामग्री उत्पादन गर्दै आएको थियो । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेल बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया