काठमाडौँ – तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा बबण्डर गरेर भएपनि केही मान्छेका लागि लोकप्रिय भएका मातृका यादवले सम्हालेको मन्त्रालयको गलत धन्दा भनिसाध्य नभएको भुक्तभोगीहरुको भनाइ छ । कुनै पनि विषयमा जानकारी गराउन पुगेका सेवाग्राहीलाई मन्त्री यादवको कुरै नसुनी स्वकीय सचिव रहेका सन्तोष विस्टले बिफ्रिङ गर्ने गरेका छन् । कहिले बिमारी त कहिले फुर्सद नभए पछि मन्त्री यादवले कुनै पनि गुनासो सुन्न अवस्था छ । उनै विस्टले उठती धन्दा चलाउने गरेका छन् ।
मन्त्री यादवका सचिबको सोही कार्यशैलीका कारण पछिल्लो समय उद्योगी व्यवसायीले मन्त्री यादवलाई भेटन छाडेका छन् । उद्योगी व्यवसायीले भन्ने गरेका छन् हामी मन्त्रीलाई कुरा सुनाउन भनेर जान्छौ विष्टलेमलाई सुनाउन भन्छन् । नत विष्टले सम्बन्धित विषयमा ज्ञान राख्छन् । नत उनी कुरा सुन्न लायकका व्यक्ति नै हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका कुनै पनि अधिकारीले पछिल्लो समयमा मन्त्री यादवलाई भेटेका छैनन् । उद्योगमा अनुगमनको नाममा विष्टले आतंक मच्चाएको उद्योगीको आरोप छ ।
उद्योग वाणिज्य क्षेत्रमा मातृका आएपछि सुधार हुन्छ भन्ने अपेक्षा राखेका थियौ, तर हाम्रो सपना विष्टलाई सुनाएर पूरा हुँदैन भन्ने निष्कर्षमा पुगेका छौ । एक उद्योगीले भने । त्यसो त विष्टले उधोग प्रतिष्ठानका प्रमुखलाई फोन गरेर आफूलाई सहयोग गर्न भन्दै दबाव दिने गरेका छन् । मन्त्रीकै शैलीमा विष्टले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता समेत दिँदै हिडेका छन् । पछिल्लो पटक उनै विष्टले नेपाल औषधी लिमिटेडका लेखापालबाट मोटो रकम लिएको सिंहदरबारमा चर्चा हुने गरेको छ । त्यसो त मन्त्रीलाई भेटन नदिएको भन्दै नेकपाका केही कार्यकर्ताले विष्ट माथि आक्रमण नै गरेका थिए ।
विष्टले मन्त्रालयका कर्मचारीलाई टेर्दैनन् । कर्मचारीलाई तिमी यता आऊ उता जाऊ भन्दै खटन पटन गर्ने गरेका छन् । मन्त्रीले भनेको मान्नु कि मन्त्री ज्यूको स्वकीय सचिवले भनेको मान्ने हो ? मन्त्रालयका एक सहसचिवले गुनासो गरे । सो विषयमा बुझ्न खोज्दा मन्त्री यादवका स्वकीय सचिव विष्टलाई पटक पटक सम्पर्क गर्दा समेत सम्भव हुन सकेन ।
प्रतिक्रिया