नेपाल विद्युत प्राधिकरणले आकस्मिक लोड सेडिङ्ग गर्ने भएको छ । प्राधिकरणको ढल्केवर ग्रिड शाखा अन्तर्गतको ढल्केवर सब–स्टेशनको ट्रान्सफरमरमा खराबी आएकोले आकस्मिक लोड सेडिङ्ग गर्नुपर्ने जनाएको हो ।
प्राधिकरणका अनुसार जनकपुर वितरण केन्द्र (जनकपुर), सखुवा वितरण केन्द्र (महेन्द्रनगर), जलेश्वर वितरण केन्द्र, (जलेश्वर, महोत्तरी),गौशाला वितरण केन्द्र, (गौशाला, महोत्तरी), यदुकूहा वितरण केन्द्र )यदुकूहा, धनुषा),सिन्धुली वितरण केन्द्र (सिन्धुली), रामेछाप वितरण केन्द्र(रामेछाप),धनुषाधाम वितरण केन्द्र (धनुषा) मा जडान भएको १३२÷३३ के.भी.३० एम.भी.ए.पावरमा खराबी आएकोले यी स्थानमा आकस्मिक लोड सेडिङ्ग गर्नुपर्ने हो ।
प्राधिकरणका अनुसार उक्त पावर ट्रान्सफरमर बदली गर्न अनुमानित १५ दिन लाग्न सक्ने छ । सोहि कारण प्राधिकरणले विभिन्न वितरण केन्द्रहरुमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोड सेडिङ्ग गर्नुपर्ने जनाएको हो ।
यस बाट सर्बसाधारण÷उपभोक्तामा पर्न जाने असुविधा प्रति प्राधिकरण। क्षमाप्रार्थी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
प्रतिक्रिया