चिनियाँ कम्पनि जेडटीईले २० जीबी र्याम भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले अन्डर डिस्प्ले क्यामेरासहित ‘एक्सअन ०’ फाइभजी स्मार्टफोन ल्याउन लागेको हो ।
कम्पनीले आफ्नो ‘मेमोरी फ्युजन टेक्नोलोजी’ मार्फत् नयाँ स्मार्टफोनमा १२ जीबी र्यामलाई भर्चुअल रूपमा २० जीबीसम्म बुस्ट गर्न सक्ने सुविधा दिन लागेको हो ।
एक्सअन ३० स्न्यापड्रागन ८७० चिसपेसटसहित आउनेछ । यसमा ५५ वाटको फास्ट चार्जिङ सपोर्टसहित ४२०० एमएएचको व्याट्री हुनेछ । त्यस्तै फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित क्वाड रियर क्यामेरा सेटअप हुने जनाइएको छ ।
यो फोन विश्वकै पहिलो ४००पीपीआई अन्डर स्क्रिन क्यामेरा फोन हुनेछ, जसमा १२० हर्ज रिफ्रेस रेट प्रदान गरिनेछ ।यो फोनमा १ टीबी इन्टर्नल स्टोरेज हुनेछ ।
सेप्टेम्बरमा सार्वजनिक हुने यो फोनको मूल्य ३४० डलरदेखि सुरू हुने अनुमान छ ।
प्रतिक्रिया