काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा विभिन्न ७ कम्पनीको शेयर सूचीकृत भएकोे छ । जसमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत भएको होे ।
१ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था
यो सातामनकामना स्मार्ट लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयर एमकेएलबी स्टककोडबाट सूचीकृत भएको हो ।
२ यूनियन लाईफ इन्स्योरेन्स कम्पनी
यूनियन लाईफ इन्स्योरेन्स को आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । यूएलआई स्टककोडबाट कम्पनीको शेयर सूचीकृत भएको हो ।
३ नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
४ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८.५० कित्ता सेयर सूचिकृत भएको हो ।
५ मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९.१ कित्ता सेयर सूचिकृत भएको हो ।
६ रिलायन्स फाइनान्स कम्पनी लिमिटेड
रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६.०६ कित्ता सेयर सूचिकृत भएको हो ।
७ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५.६० कित्ता सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया