काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाईको बल आफूसँग रहेको दावी गर्छन । तर काम भने वरको सिन्को समेत पर सार्दैनन् । आफ्ना विरोधीलाई भित्तैमा पु¥याएर पेल्ने उनको विशेष स्वभाव रहेको छ । पछिल्लो समय प्रधानमन्त्रीमा असफल भएको भन्दै पूर्व एमालेका नेता तथा कार्यकर्ताले उनको आलोचना सुरु गरेका छन् । ताप्लेजुङमा चुनावीसभा गर्न जाँदा उनले योगेश भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर उनले मन्त्री पदमा त के प्रधानमन्त्री निवास बालुवाटारमा समेत उनलाई ढिम्किन दिएका छैनन् ।
आफूलाई मन नपर्नेलाई जसरी भएपनि पेल्ने, हतोत्साहित गराउने ओलीले गोटी चाल्दै आएका छन् । राजनीतिक नियुक्तिमा कि त झापाली हुनुप¥यो कि त आफ्ना गुटका खास मान्छे हुनुप¥यो । अन्यत्रलाई उनले वास्ता नै गरेका छैनन् । मनलाग्दी रुपमा एकलौटी निर्णय गरेको भन्दै उनको चौतर्फी आलोचना भएको छ । तर उनी सो कुरा सुन्नै चाहँदैनन् । पार्टीलाई वपौती जस्तै बनाएको आरोप लागेको छ । त्यो पनि पूर्व माओवादी केन्द्रले होइन, पूर्व एमालेका नेता तथा कार्यकर्ताले ।
पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले त अर्को आर्थिक वर्ष लाग्नु भन्दा पहिल्यै ओलीको विकल्प खोजिने घोषणा गरेका छन् । माधवकुमार नेपालले त निरन्तर सरकारको विरोध गर्दै आएका छन् । त्यसमा पछिल्लो समयमा आएर नारायणकाजी श्रेष्ठ समेत थपिएका छन् । ओलीको कार्यशैली नेकपाका अध्यक्ष प्रचण्डलाई समेत मन परेको छैन । तर उनले हालसमम मुख खोलेका छैनन् । जनतालाई नयाँ सरकारको अनुभूति समेत दिन नसक्दा भारतमा हालै सम्पन्न प्रान्तिय निर्वाचनमा भारतीय जनता पार्टीले धूलो चाटे जसरी नेपालमा पनि नेकपाले धुलो चाट्ने भन्दै सचेत गराउने जमात बढ्दै गएको छ । तर ओली लाई चौधौ जस्ता भएका छन् ।
ओलीलाई नजिकबाट चिन्नेहरु भन्छन्, ओलीमा एक प्रकारको शासकको भूत सवार भएको छ । जसका कारण उनी पार्टी भित्र र बाहिरका सबै विरोधीलाई ठेगान लगाउनुपर्छ भन्ने मान्यतामा केन्द्रीत भएका छन् । निर्णय एकलौटी गर्छन । तर कार्यकर्ता त्यसलाई मानिदिँदैनन् । उनी कार्यकर्तालाई अरीगांल बन्न भन्छन् तर कार्यकर्ता टेर्दैनन् । कारण ओलीको कार्यशैलीले उनी आफू त सकिदैछन्, त्यसको साथ साथै नेकपालाई पनि उनी सिध्याउन उद्यत भएका छन् ।
बालुवाटामार व्यापारी, तस्कर, सुदखोरको घेरा तयार भएको छ । बालुवाटार स्रोतकाअनुसार तस्करी, सुदखोर व्यापारीले बालुवाटारलाई ढपक्क ढाकेको छ । त्यसको प्रमुख संरक्षमा प्रधानमनत्रीका सल्लाहकार मानिएका नुवाकोटका भुइफुट्टा नेता विष्णु रिमाल रहेका छन् । उनले प्रधानमन्त्रीलाई तस्कर, नाफाखोर व्यापारीलाई मात्रै भेटने र छलफल गराउने वातावरण बनाएका छन् ।
अर्का नटवरलाल पनि बालुवाटारमा केन्द्रीत छन् । ती हुन असगर अलि । नेपाल राष्ट्र बैंकले कालो सूचीमा राखी कारवाही गर्न भनेको इसेवाका प्रमुख रहेका अलिले नेपालको महत्वपूर्ण सरकारी तथ्य तथ्यांक आफ्नो हातमा पारेका छन् । नेपालको अनलाइन पेमेन्ट गेटवे आफै सञ्चालन गर्ने भन्दै उनले विष्णु रिमाल मार्फत सेटिङ मिलाएको बालुवाटार स्रोतको दावी छ । विष्णु रिमालका कारण पूर्व एमालेका नेता तथा कार्यकर्ता बिच्किएका छन् । तर त्यसलाई सम्हाल्ने छाटकाट प्रधानमन्त्री ओलीमा छैन । असगर अली, रिमाल कम्पनीले प्रधानमन्त्रीलाई डुबाए, अब हामीले बचाउन नसक्ने भयौ भन्दै गुनासो गर्नेको संख्या बढ्दै गएको छ । सानो घेरामा रमाउने, अरुको कुरै नसुन्ने, आलोचना गर्नै नहुने तथा अरुलाई टेर्नुपर्छ भन्ने मान्यतामा नरहेका ओलीले नेपाली जनताको आशा र भरोसालाई धुिल्स्ता पारिदिएको पूर्व एमालेका एक नेताले बताए ।
राजनीतिक नियुक्तिमा पनि रिमालले सेटिङ मिलाएका छन् । पछिल्ला राजनीतिक नियुक्तिमा समेत मोटो आर्थिक चलखेल भएको स्रोतको दावी छ । ओलीका मान्छे भयो भयो, कि त जसले पैसा दिन्छ उसैलाई नियुक्ति गर्ने गरिएको छ । ओलीलाई सो कार्यमा गृहमन्त्रालयमा सचिव समेत रहेका प्रेस राईले समेत साथ दिएको बताइन्छ । यस्तै पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा समेत प्रधानमन्त्रीलाई गलत काम गर्न उकास्ने मध्येका एक हुन् । त्यस्तै कानून मन्त्री रहेका भानुभक्त ढकाल समेत पैसाको बलमा मान्छे नियुक्त गर्नुपर्छ भन्दै बालुवाटारलाई उकास्ने मध्येका एक हुन् । स्रोतकाअनुसार साँघुरो घेरामा बसेर जनताको सपना धूलीसात् पार्न सुकनीहरु बालुवाटारमा भेला हुने गरेका छन् ।
मन्त्रीलाई कुनै पनि काम गर्न नदिने, सचिवलाई सुराकी राख्ने, कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिदिन्छु भन्दै मन्त्रीको मानमदृन गराइएको छ । कुनै पनि मन्त्रालयका सचिवले मन्त्रीलाई टेर्न छाडेका छन् । सचिवलाई मन्त्रीको सुराकी बनाएपछि किन टेर्छन त मन्त्रीलाई । सचिवहरु असनमा छाडिएका साँढे जस्ता भएका छन् । जसरी भएपनि पैसा कमाउने ध्याउन्नमा उनीहरु लागेका छन् ।
एक मन्त्रीले भने यस्तो बेथिती र अराजकता त विगतमा थिएन । काम गर्न पाइएको छैन ।
केही गर्न खोज्यो कि सचिवले प्रधानमन्त्रीलाई उजुरी गर्ने गरिएको छ । मन्त्रिपरिषद्को बैठकमा ओलीले आफ्नो स्वार्थ मिलेको विषयमा मात्रै निर्णय गराउने गरेका छन्् । उनले अनावश्यक निर्णय गर्न र त्यसलाई माइन्यूट गराउन सम्म मुख्य सचिवलाई दबाव दिने गरेका छन् । मुख्य सचिव पनि जगेडामा पर्नु पर्दा गलत निर्णय नै ठिक भन्दै ओली र उनका प्रमुख सल्लाहकार रिमालले जे जे भन्छन् त्यसेमा सही धस्काइदिएका छन् । रिमालले गर्छौ कि प्रेम राईलाई मुख्य सचिव बनाऊ भन्दै धम्क्याउने गरेका छन् । यस्तो ज्यादती त कहिल्यै पनि थिएन, मुख्य सचिवले आफ्ना निकटस्थहरुसँग बताउने छन् ।
यस्तै प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरुले आफुहरुले भनेको नमाने अख्तियार लगाएर तह लगाउने धम्की समेत दिने गरेको स्रोतको दावी छ । एक सिँचाई आयोजनाका प्रमुखलाई त्यस्तो धम्की दिइएको छ । सिक्टा सिँचाईका सबै हाकिम परे नी थाहा छ कि छैन भनेर बलाुवाटारबाट फोन आयो, काम गर्ने वातावरण नै भएन ती आयोजना प्रमुखको गुनासो छ । तर यसबारेमा बुझन खोज्दा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले फोन उठाएनन् । पटक पटकको प्रयास पछि फोन उठाएर र भने म अहिले बैठकमा छु पछि कुरा गरौला है ।
जनताले दिएको म्याण्डेड विपरित गर्ने प्रधानमन्त्री र उनको सचिवालयलाई नयाँ आर्थिक वर्ष लाग्नु भन्दा पहिल्यै हटाउने झलनाथ खनालको दावी कतै पूरा त हुँदैन भन्ने भरपर्दो आधारहरु तयार हुन थालेको पूर्व एमालेका एक पदाधिकारीले बताएका छन् । नेपालीमा एउटा उखान छ ,भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन । यतिखेर ओलीको कार्यशैली त्यस्तै देखिएको छ , ती नेताले भने । त्यसो त प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका कुन्दन अर्याल समेत केही व्यक्तिको ज्यादती सह््य नभएको गुनासो गर्ने गरेका छन् । उनले समेत प्रधानन्त्रीलाई भेटन समय माग्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया