कोरोेनाबाट २९ देशमा ४८६ नेपालीको मृत्यु, संक्रमित कति ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न देशमा कोेरोेनाबाट हालसम्म ५ सय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार कोरोनाबाट गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा मृत्यु भएको हो । 

संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोरोनाबाट प्रभावित भएका छन् । संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन् । 

विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन् । उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया