'दि भ्वाइस अफ नेपाल' को फाइनल आज, कोरोना खोप लगाएका दर्शकले मात्रै कार्यक्रममा सहभागी गर्न पाउने

४ बर्ष अगाडि

काठमाडौं - गायन रियालिटी शो 'दि भ्वाइस अफ नेपाल-३' को ग्राण्ड फिनाले आज हुँदैछ । आज हुने फिनालेमा चारजना मध्ये एकजना 'दि भ्वाइस अफ नेपाल-३' विजेता घोषित हुने छ ।

फिनालेमा टीम जिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई प्रतिस्पर्धा गर्दै छन् । 

फिनालेको लागि तयारी पुरा भइसकेको 'दि भ्वाइस अफ नेपाल-३' शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । कोरोनाका कारण फिनाले सीमित दर्शकहरुलाई राखेर द भ्वाइस अफ नेपालकै सेटमै कार्यक्रम सम्पन्न गरिनेछ । 

कोेरोेना खोप लगाएका दर्शकलाई मात्रै शो मा सहभागी गराइनेछ । माक्स पनि अनिवार्य गरिएको छ । शो का केही भागहरु रेकर्ड भइसकेको र नतिजा भने आज साँझ प्रत्यक्ष प्रसारणमा नै घोषणा गरिने उनले बताए । 

शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । दर्शकले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया