ठाकुर र यादव आमनेसामने,आधिकारिकता नपाए पनि जसपामै रहेको भन्दै कार्यक्रम सुरु

४ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले समाधान गरे पनि पार्टीभित्र तनाव कम भएको छैन । परिणामस्वरुप मधेसमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष आमनेसामने भएका छन् ।

दुवै पक्ष आ–आफ्नो कार्यक्रम लिएर मधेस झरेका छन् । कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि उनीहरुले कार्यक्रम आयोजना गर्न थालेका हुन् ।

उपेन्द्र यादव पक्षले केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेको बेला महन्थ ठाकुर पक्षले जसपाको जिल्ला विस्तारित बैठक भन्दै कार्यक्रम सुरु गरेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिइसकेको छ । जसपाको आधिकारिकता नपाएका महन्थ ठाकुर पक्षले पनि आफूहरु अझै जसपामै रहेको भन्दै तराई मधेसमा कार्यक्रम सुरु गरेका छन् । महन्थ ठाकुर पक्षको कार्यक्रम भदौ ९ गतेसम्म चल्ने बताइएको छ ।

महन्थ पक्षले शुक्रबार सप्तरीमा कार्यक्रम गरेको छ । जिल्ला समन्वय कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा केन्द्रबाट जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झा प्रमु्ख वक्ता छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया