विज्ञ भन्छ : उपयुक्त व्यवस्थापन गर्न सकिएको भए कोरोेनाबाट १० हजारकोे मृत्यु हुने थिएन

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा उपयुक्त व्यवस्थापन गर्न सकिएको भए कोभिडका कारण मृत्यु भएका १० हजार नागरिकमध्ये धेरैकोे ज्यान जोगिने अवस्था रहेको एक विज्ञले जनाएको छ । 

शुक्रवारको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मृृत्यु हुनेको सङ्ख्या १० हजार १९ पुगेको छ ।

महामारीको अभूतपूर्व समय भए तापनि कोभिडका लागि उपलब्ध उपचार पद्धति एकै खाले रहने बताउँदै जनस्वास्थ्य विज्ञ डा। शरद वन्त ुकमजोर व्यवस्थापनुका कारण सामान्य वा मध्यम खाले लक्षण भएकै धेरै मानिसहरूकोे मृत्यु भएको बताएका छन् ।

कोरोना सङ्क्रमितहरूमा नेपालको मृत्युदर १.४२ प्रतिशत छ भने छिमेकी भारतको १.३४ प्रतिशत छ । सबैभन्दा धेरैको मृत्यु भएको अमेरिका र ब्रजिलको मृत्युदर क्रमशः १.७४ र २.७९ प्रतिशत छ ।

स्वास्थ्य अधिकारीले समेत एक प्रतिशतभन्दा माथि रहेको मृत्युदरलाई आफूहरूले कम नमानेको बताएका छन् । नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या अहिलेसम्म २२ लाख नाघेको छ भने लगभग त्यतिले पहिलो मात्रा मात्र खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म झन्डै एक करोड मात्र खोप भित्रिएको छ भने असोजभित्र अर्को एक करोड मात्र थपिने सरकारी आकलन छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया