पछिल्लो २४ घण्टामा १५६७५ को नमुना परीक्षण गर्दा ३७२९ मा कोरोना पुष्टि, मृृत्युु कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९  र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया