काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा १९ लाखले आवेदन दिएका छन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार आईपीओ निष्काशन भएको तेस्रो दिन शुक्रबार ३ः३० बजेसम्ममा १९ लाख १८ हजार ५५७ वटा आवेदन परेकोे हो ।
उक्त आवेदन मार्फत २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६२० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ । सर्वसाधारणमा निष्काशति शेयरका आधारमा कम्पनीको शेयरमा ५.५५ गूणा धेरै आवेदन परेको हो ।
कम्पनीले बुधबार देखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
कम्पनीको उक्त आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया