सर्वोत्तम सिमेण्टको ओटिसी बजारमा भएको कारोबार विबरण तीन दिनभित्र पठाउन नेप्सेलाई अर्थ मन्त्रालयको निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज(नेप्स) लाई तीन दिनभित्र सर्वोत्तम सिमेन्टले गरेको ओटिसीको कारोबारको विवरण पठाउन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले सर्वोत्तम सिमेन्टले सेयर कारोबारको लागि कहिले निवेदन दिएको र कहिले कारोबार सम्पन्न भएको सबै विवरण पठाउन निर्देशन दिएको हो ।

नेप्सेले अब सर्वोत्तम सिमेन्टले ओटिसी कारोबारका लागि कहिले निवेदन पेश गरेको, त्यस सम्बन्धमा नेप्सेबाट कहिले ओटिसी कारोबारका लागि स्वीकृति दिएको हो ? तीन दिन भित्र अर्थ मन्त्रालयलाई जानकारी दिनुपर्नेछ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज  ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र चन्द्र साउदले कानून विपरित सर्वोत्तम सिमेन्टको सेयर खरिदमा संलग्न भएको विषयमा अहिले छानबिन भइरहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया