‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक बन्दै, शाहिदले गरे ५६ करोड  पारिश्रमिक माग !

४ बर्ष अगाडि

काठमाडौं,  तमिलको ब्लकबस्टर फिल्म ‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक बन्दैछ । सुपरस्टार सूर्या अभिनीत यो फिल्मको हिन्दी रिमेक बनाउने तयारी गरिएको छ । फिल्मको रिमेक घोषणा भएसँगै सबैभन्दा पहिला अभिनेता शाहिद कपूरलाई अप्रोच गरिएको थियो । 

शाहिदले शाहिदले मोटो पारिश्रमिक डिमान्ड गरेपछि फिल्मको रिमेकमा अक्षय कुमार पनि देखिने सम्भावना रहेको छ ।

सूर्या र गुनीत मोंगाले यो फिल्मको हिन्दी रिमेक निर्माण गर्दैछन्, जसका लागि शाहिदलाई सबैभन्दा पहिला प्रस्ताव गरिएको थियो । तर, उनले महंगो पारिश्रमिक डिमान्ड गरे । उनले भारु ३५ करोड (नेपाली ५६ करोड रुपैंया ) पारिश्रमिक माग गरेको बताइएको छ ।
 
शाहिदले ठूलो पारिश्रमिक डिमान्ड गरेपछि निर्माताले अक्षय कुमारलाई फिल्म अफर गरेका हुन् । उनी फिल्ममा काम गर्नका लागि सकारात्मक देखिएका छन् । तर, तत्काल उनीसँग डेट्स नभएकाले फिल्मको छायांकनमा ढिलाइ हुने देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया