काठमाडौं - काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गरी काठमाडौंको मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान गर्ने भएको छ । महानगरपालिकाले दशैंमा सडक उज्यालो बनाउन बत्ती जडान गर्न लागेको हो ।
महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बोलपत्र आह्वान गरिसकेकाले साउनभित्रै बत्ती जडान सुरु हुने बताए ।
त्यसपछि पुतलीसडक, त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म, गौशाला–चाबहिल‚ बौद्धलगायत भिआइपी क्षेत्रमा बत्ती जडान गर्ने उनले जानकारी दिए ।
यसका लागि करिब १४ करोड रुपैयाँ महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले बजेट पनि छुट्याएको थापाले बताए ।
प्रतिक्रिया