काठमाडौं, शुक्रवार बिहान भएको महिला हकीको कांस्य पदकका लागि भएको खेलमा भारतीय टोली ब्रिटेनसँग हारेको छ । तर हार्नुअघि नै भारतीय महिला हकी टोलीले ओलिम्पिक्स इतिहासमा पहिलो पटक सेमिफाइनलसम्म पुगेर इतिहास बनाइसकेको थियो।
शुक्रवार बिहान सन् २०१६ को स्वर्ण पदक विजेता ब्रिटिश टोलीसँग कांस्य पदकका लागि भारतीय टोली भिडेका थिए । खेलमा ३(४ अङ्कले हार्नुअघि नै भारतीय टोली मन जितेका थिए ।
यो टोलीलाई टोकियो जानुअघि धेरैले नकआउट चरणमा पुग्ने आकलन गरेका थिएनन्। तर उनीहरू सशक्त बनेर प्रस्तुत भए।
प्रतिक्रिया