काठमाडौं - राजश्व छलीको अवैध सामानसहित १ जना पक्राउ पक्राउ परेका छन् । बर्दियाको बबई चेक पोष्टबाट कन्चनपुर सुक्ला फाँट वडा नं ५ का ३२ वर्षीय लोकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दाङबाट जाजरकोटका लागि जाँदै गरेको रा १ क ३७ नम्बरको मिनी ट्रकमा करिब ३ लाख ९६ हजार बराबरको राजश्व छली गरिएको तेल बरामद गरिएको छ ।
अवैध रुपमा राजश्व छली गरी ल्याइएको सामान, ट्रक र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया