५ कम्पनीको बोनस नेप्सेमा सूचिकृत, कुन-कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न ५ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ५ वटै कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

जसमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । 

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८.५० कित्ता सेयर सूचिकृत भएको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९.१ कित्ता सेयर सूचिकृत भएको हो ।

रिलायन्स फाइनान्स कम्पनी लिमिटेड
रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६.०६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५.६० कित्ता सेयर सूचिकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया