लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी इक्विटी फण्डले बिहीबारबाट नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । फण्डले  हालसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको जनाएको छ । यता, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
 
यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्या वधिक गरेपछिमात्र लाभांश जम्मा हुने लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।   
 
लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३५ प्रतिशत नगद लाभांशवितरण गरेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन ७ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ३५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया