सानिमा लाइफको आईपीओमा आवेदकको ओइरो, कति आवेदकले दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं, सानिमा लाइफ इन्सुरेन्सको आर्इपीओमा २ अर्ब ३८ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म १५ लाख ९८७ जना आवेदकले २ करोड ३८ लाख ८९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.४२ गुणा बढी हो । 
 
सानिमा लाइफले साउन २० गते देखि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५४ लाख कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीले कर्मचारीलाई ३ लाख ९५५० कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५५ ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया