हुन्डाईको अल न्यू आई २० नेपाली बजारमा, कस्तो छ फिचर र बजार मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं, हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नयाँ जेनेरेसन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेको मोडल बजारमा ल्याएको हो ।  

यसमा रहेको कप्पा इन्जिनले अधिकतम ६ हजार आरपिएममा ८३ पिएस पावर प्रदान गर्ने जनाइएको छ । म्यानुअल गियरबक्स रहेको यो गाडीमा प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाइब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लिक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्विलजस्ता विशेषता रहेका छन् ।

विभिन्न ६ रङमा उपलब्ध रहेको यो गाडी म्याग्ना र स्पोर्टस् अप्सनमा रहेको छ ।
यसमा ड्युल एयरब्याग, एबिएस, इबिडी, आपत्कालीन स्टप सिग्नल ९इएसएस० र स्मार्ट पेडलजस्ता सुरक्षा फिचर रहेको जनाइएको छ ।

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्विल, आर्म रेस्टजस्ता फिचरले यो गाडीलाई विलासी र प्रिमियम गाडी बनाएको कम्पनीले जनाएको छ । 


म्याग्नाको ३६ लाख ९६ हजार रुपैयाँ र स्पोर्टस्को ४१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यो गाडी कम्पनीका देशभरका १४ वटै सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया