७८ लाख बराबरको मोबाइल बरामद, २ जना पक्राउ

४ बर्ष अगाडि

काठमडौं,  प्रहरीले ५ सय ९५ थान मोबाइल बरामद गरेको छ।

प्रहरीले भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा ७८ लाख बराबरको ५ सय ९५ थान मोबाइल  नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति बरामद गरेको हो ।

कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन्। प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको हुन् ।

पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबारहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया