बिहीबारदेखि सुरु भएको एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

४ बर्ष अगाडि

काठमाडौं - बिहीबारदेखि सुरु भएको नेकपा एमाले माधवुकमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि दोस्रो दिनको बैठक सुरु हुने छ। पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बिहीबारको बैठकमा सामेल केही केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे आ–आफ्नो धारणा राखेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रभावित पार्ने किसिमले उत्तेजक भाषण नदिन नेताहरूलाई आग्रह गरेका थिए ।

आजको बैठकमा पनि नेताहरुले धारणा राख्ने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया