पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लमा ७ सय बढिमा कोरोना पुष्टि, सक्रिय संक्रमित ७ हजार धेरै ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लमा ७ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लाभर हालसम्म २ लाख २० हजार २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हालसम्म जिल्लाभर कोरोना संक्रमणका कारण १ हजार ९७९ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार २१० जना संक्रमणमुक्त भएका छन् । 

साथै जिल्लाभर सक्रिय संक्रमितको संख्या ७ हजार ८० रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ९३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । v

४ बर्ष अगाडि

प्रतिक्रिया